शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा महानगरपालिकाको दुई वडामा एमालेले निकाल्यो विवाद

मङ्गलबार, १० जेठ २०७९, ११ : ०८
मङ्गलबार, १० जेठ २०७९

नेकपा एमालेले पोखरा महानगरपालिकाको दुई वडामा पुनः मतगणना गर्न माग गरेको छ । दुई वडामा एमाले पराजित भइसकेको सन्दर्भमा धाँधली भएको दाबीसहित सो पार्टीले यस्तो माग गरेको हो । 

पोखरा महानगरपालिका वडा नम्बर ३१ नेता खगराज अधिकारीको गृहवडा हो । अधिकारीको गृहवडा र वडा नम्बर १८ मासमेत पुनः मतगणनाको माग गर्दै एमालेले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन  दर्ता गराएको हो ।  एमाले महानगरका अध्यक्ष दिलीप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाउँदै आफूहरुले पुनःमतगणनाका लागि निवेदन दिएको बताए । 

वडा नम्बर १८ मा एमाले वडाध्यक्षमा ३ मतले हारेको थियो भने ३१ मा भने सय बढी मतले काँग्रेसले जितेको थियो । 

पोखराको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित भइसकेको अवस्थामा एमालेले बखेडा निकालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप