शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गड्डाचौकी नाका बन्द हुने

मङ्गलबार, १० जेठ २०७९, १२ : ०८
मङ्गलबार, १० जेठ २०७९

भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार यही जेठ १४ गते बेलुकी ५ बजेदेखि जेठ १७ गते बेलुकी ५ बजेसम्मका लागि सीमानाका बन्द हुने भएको हो ।

गड्डाचौकीलगायत भारतको चम्फावत जिल्लासँग जोडिएका क्षेत्रहरूको सीमानाका बन्द हुने उनले बताए । सो अवधिमा स्वास्थ्योपचारलगायत अन्य अत्यावश्यक सेवाका लागि भने अनुमतिप्राप्त हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप