शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको गुनासो : राप्रपाले हाम्रो उम्मेदवारलाई भोट नै हालेन

जगन्नाथ हैन गठबन्धन र आफ्नै मतले जितेका हौँ : माओवादी
मङ्गलबार, १० जेठ २०७९, १२ : १४
मङ्गलबार, १० जेठ २०७९

चितवनको भरतपुर महानगर मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएपछि प्रमुख दलले आ–आफ्नै प्रतिक्रिया दिएका छन्। दाहाल मेयरमा निर्वाचित भएपछि माओवादी केन्द्र,नेपाली काँग्रेसले उनको पक्षमा प्रक्रिया दिएका छन् भने नेकपा एमालेले सत्ता,शक्ति र पैसाको प्रभावमा निर्वाचन जितेको आरोप लगाएको छ। दाहाल निर्वाचित भएपछि माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारी, नेकपा एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र नेपाली काँग्रेस चितवन सभापति राजेश्वर खनालले यस्तो प्रक्रिया दिएका छन्। 

पार्टी संगठनको तागत र पाँच दलीय गठबन्धनबाट चुनाव जित्यौँ 

आरसी अधिकारी, संयोजक, नेकपा माओवादी केन्द्र चितवन

हामीलाई जगन्नाथ पौडेलको उम्मेदवारीले चुनाव जित्न सहज भएको भन्ने छ । तर त्यसो भन्न मिल्दैन। हामीले आफ्नो संगठनको आधार र पाँच दलको एकताले जितेका हौँ । परिणामका हिसाबले उहाँले मत काट्नुभयो, काँग्रेसमा भएको मत काट्नु भयो । त्यस्तै उहाँ हाम्रो सहयोगी हो भन्न मिल्दैन। यद्यपि त्यो भोट प्रतिपक्षमा जान्थ्यो भन्नेहरू पनि छन्। तर उहाँको सबै मत रेनु दाहालको पक्षमा गएको भए विजय जुलुस उहिल्यै निस्कन्थ्यो पनि भन्न सकिन्छ । 

त्यसैले हामीले आफ्नै आधारमा लोकप्रिय मतले जितेका छौँ। यसपटक एमालेका साथीहरूले पनि मेयर रेनु दाहाललाई पनि मत हाल्नुभएको छ । जे जस्तो भए पनि हामीले लोकप्रिय मतका साथ जितेका छौँ । आफ्नै पार्टीको संगठनात्मक आधार, लोकप्रियता,पाँच दलीय गठबन्धनको सहकार्य र तलैसम्म प्रतिबद्ध भएर गरेको एकताले चुनाव जित्न सफल भएका छौँ ।

गठबन्धनको यत्ति नै मत भनेर भन्न सक्ने अवस्था छैन। सरसर्ती जगन्नाथ जीले ल्याएको मत हेर्दा त्यो गठबन्धनकै मत भन्नु पर्ने हुन्छ। उहाँ काँग्रेसको क्रियाशील सदस्य पनि हो। त्यो मत पनि हाम्रै हो। सबै मत थपिएको भए अझ फराकिलो मत अन्तरले विजयी हुन्थ्यौँ। गठबन्धनको सवालमा काँग्रेस लगायत पाँचै दल चितवनको हकमा प्रतिबद्धै भए। जहाँ–जहाँ हामीले गठबन्धन गरियौ। सात पालिकामा गठबन्धन गरियौ त्यहाँ मूलभूत रूपमा सबै दल प्रतिबद्ध भए।

सकारात्मक सोचका साथ चितवनका जनताले सहयोग गरेका छन्

राजेश्वर खनाल, सभापति, नेपाली काँग्रेस 

कूल १ लाख २७ हजार मत खसेको थियो । जगन्नाथ पौडेलले १४ हजार सात सय मत पाउनुभयो। गठबन्धनबाट मेयरले ५२ हजार पाँच सय मत पाउनु भयो। गठबन्धन बनाएर अगाडि बढ्दा जुन खालको असन्तुष्टि उहाँहरूको बीचमा रह्यो, पार्टीभित्र जुन समस्या देखिएको छ त्यस विषयमा पार्टीमा सघन रूपमा छलफल गर्ने छौँ। अब कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिबाट निर्क्यौल गर्ने छ। 

हामी निर्वाचनको एउटा परिणाममा पुगी सकेका छौँ। सकारात्मक सोचका साथ चितवनका जनताले सहयोग गरेका छन्। विशेष गरी भरतपुरका मतदाताले साथ दिएका छन्। त्यसलाई उच्च सम्मान गर्दै भोलिका दिनमा जनताको पक्षमा काम गर्न सबैप्रति विशेष आग्रह गर्दछु।

जगन्नाथ पौडेलकै कारण साथीहरूको रेनु दाहाल जित्न सहज भयो भन्ने होला। तर यदि उहाँ नउठेको भए यो भन्दा अझ बढी मतान्तरले विजयी हुन्थ्यौँ भन्ने पनि छ। उहाँ लामो समय काँग्रेसमा बसेर राजनीति गर्नु भएको हुनाले जुन मत प्राप्त गर्नुभयो । काँग्रेसँग जोडिएको मत भएको हुनाले गठबन्धनमा भएको भए अझ बढी मत अन्तरले विजयी हुने अवस्था बन्थ्यो। आज हामी विजय उत्सवमा छौ। हर्षोल्लाषपूर्ण रूपमा विजय जुलुसमा सहभागी भएका छौ। पाँच दलीय गठबन्धनको तर्फबाट विजयी र्‍याली गर्दछौँ । नकारात्मकभन्दा सकारात्मक सोचको विकास गरौँ। 

चुनावमा हामीले जुन खालको एग्रेसिभ स्वभाव देखायौ। केन्द्रीय नीति भन्दा बाहिर गएर गतिविधि गर्‍यौँ। ती साथीहरूलाई आफ्नै खालको अनुभूति भयो होला। त्यसले काँग्रेसलाई केही क्षति पुर्‍याएको छ। क्षतिको विश्लेषण गरेर अगाडि बढ्न केन्द्रीय समितिलाई विशेष आग्रह गर्दछु ।

रेनु दाहालको फराकिलो मत अन्तर हुनु प्रभाव र प्रलोभनले काम गर्‍यो

रामप्रसाद न्यौपाने, अध्यक्ष, नेकपा एमाले चितवन 

मौन अवधिमा भएका प्रयत्न र सत्ताको जुन खालको दुरुपयोग भयो। हाम्रो तल्लो तहको मतहरू चोरिएको मत गणना गर्दा अनुमान गरेका छौँ । आफ्नो पङ्क्तिलाई व्यवस्थित गर्ने दायित्व हामीसँगै रहन्छ। गठबन्धनप्रति हाम्रो तल्लो तहका साथीहरूको धारणा राप्रपासँगको तालमेल हाम्रो लागि त्यति फलदायी हुन सकेन भन्ने छ । किन भएन भन्ने त्यसका आन्तरिक कारणहरू खोज्दै छौँ । वडा तहबाट जुन खालको प्रयन्त भए त्यसबाट प्रतिफल प्राप्त हुन सकेन। त्यसले परिणामलाई बिगार्ने काम गर्‍यो। हामीले  १२देखि १५ वडा जित्ने आँकलन गरेका थियौँ। तालमेल गरेको शक्तिले नै अन्यन्त्र भोट हालेर हाम्रा उम्मेदवार पराजित हुनुभयो ।

अर्को मतदाता शिक्षाको अभावले असर भयो। समयमै तालमेल गरेर उसको सांगठनिक अवस्थालाई ध्यान दिनु पर्ने थियो। त्यसले गर्दा त्रुटि भयो। त्यसको बावजुद हामीले जनताको मतलाई सम्मान गरेका छौँ। फराकिलो मत अन्तर भयो भन्ने छ। यसमा स्वाभाविकै रूपमा प्रभाव र प्रलोभनले काम गरेको छ। यसलाई अर्को चुनावपछि रिकभर गरेर जनताको बीचमा जान्छौँ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप