
ADVERTISEMENT
नीति तथा कार्यक्रम पेसअघि सिंगारियो संसद भवन (फोटोफिचर)
कृष्ण खड्का / राताेपाटी

सरकारले मंगलबार संसदमा वार्षिक नीति तथा कार्यक्रम पेस गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नेछिन् । यसकै तयारीका लागि संसद भवनलाई सिंगारिएको छ । संसद भवन परिसरमा राष्ट्रिय झण्डा तथा ध्वजापताका टाँगिनुका साथै सरसफाइ गरिएको छ ।
राष्ट्रपतिको सवारीलाई ध्यानमा राखेर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा तुल्याइएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरी सदनले पारित गरेपछि सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुल्छ ।
कृष्ण खड्का
कृष्ण खड्का फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ