शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखामा टिपरको ठक्करबाट वृद्धको मृत्यु

मङ्गलबार, १० जेठ २०७९, १२ : ३७
मङ्गलबार, १० जेठ २०७९

दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लाल बहादुर बिक रहेका छन् ।

गुरुम्फिबाट खानीगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री बृद्धलाई हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । 

टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप