जानकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण
मङ्गलबार, १० जेठ २०७९, १३ : ००
कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले मङ्गलबार पदभार ग्रहण गरेका छन् । पत्रकारिता क्षेत्रमा करिब अढाइ दशक बिताएका उनी सो पेशाबाट राजीनामा दिएर राजनीतिमा लागेका थिए ।
चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष पदमा चुनाव जितेका हुन् । उनले सात हजार १५१ मत प्राप्त गरे । उनीसँग पराजित नेपाली काङ्ग्रेसका उम्मेदवार परशुराम महतो (कठरिया) ले पाँच हजार २४२ मत प्राप्त गरे ।