शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबल ७’ को ट्रेलर रिलिज

मङ्गलबार, १० जेठ २०७९, १३ : ०४
मङ्गलबार, १० जेठ २०७९

हलिउड सुपरस्टार टम क्रुजको आउँदो फिल्म  ‘मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान’ को ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिज लगतै सामाजिक संजालमा भाइरल भएको थियो । ट्रेलरमा भरपुर एक्सन समेटिएको छ ।
टम क्रुजको यो फिल्म दर्शकको प्रतिक्षित सुचिमा छ । मिसन इम्पोसिबल अभिनेता टम क्रुजको सबैभन्दा सफल तथा प्रसिद्ध फ्रेन्चाई मध्यको एक हो । जसको सातौ श्रृंखला ‘मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान’ हो । फिल्मको छायांकन भइसकेको छ ।
टम क्रुजको एक्सनका फ्यान नेपालमा पनि धेरै छन् । उनका फिल्मले नेपालमा राम्रो ब्यवसाय गर्दै आएको छ । फिल्म १४ जुलाई २०२३ मा रिलिज हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप