बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘चिसो मान्छे’ को ट्रेलर : समाजको चिसो कथाको झलक

मङ्गलबार, १० जेठ २०७९, १३ : २९
मङ्गलबार, १० जेठ २०७९

फिल्म ‘चिसो मान्छे’ को ट्रेलर युट्युबको ट्रेडिङमा आउन सफल भएको छ । सोमबार रिलिज भएको ट्रेलर २४ घन्टा नपुग्दै २ लाख २४ हजार बढी दर्शकका साथ युट्युव ट्रेडिङको सातौं स्थानमा आउन  सफल भएको हो ।

ट्रेलर हेर्दा फिल्म आशा, भरोसा, प्रेम, विवाह, सुरुवात र मृत्यु । फेरि प्रेम ? यसकै सेरोफेरोमा घुमेको अनुमान गर्न सकिन्छ । लक्का जवान उमेरमै जीवन साथी गुमाएपछि एक युवतीको चोट, पारिवारिक बन्धन, समाज र मनको चाह समेत ट्रेलरमा उनिएको छ ।

वैदेशिक रोजगारीमा गएको श्रीमान काठको बाकसमा फर्किएपछि नव यौवन भर्खर सुरु हुँदै गरेकी श्रीमतीका चोट समेत ट्रेलरमा देख्न सकिन्छ । नयाँ पुस्ता पुरानो रीतिथिति भत्काउँदै नयाँ संस्कारको सुरुवातका लागि विद्रोह गर्न तयार रहेका झलक समेत ट्रेलरमा देख्न सकिन्छ ।

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाललगायतका अभिनय रहेको छ । शर्मिला पाण्डेको निर्माण रहेको चलचित्र डिएस डिजिटलको ब्यानरमा बनेको हो । फिल्म असार ३ गते देशभर रिलिज हुँदैछ ।

पछिल्लो समय मानिसहरुमा परेको नैतिकताको खडेरी समेत फिल्ममा देखाउन खोजिएको निर्देशक खनालले बताए । ‘अस्पताल, स्कुल, उद्योग, बजार, समाज र हरेक व्यक्ति सहिष्णु छैनन् । घरभित्रैसम्म परचक्री प्रवृत्ति देखिन थालेको छ । यसले समाज कति भ्रष्ट र विकृत हुँदै गएको छ ? समाज एकलाई पर्दा अर्कोले सहयोग नगर्ने भइसकेको छ’ निर्देशक खनालले भने ‘संवेदनाहिन समाज कोरोना कालखण्डमा धेरैले देखे/भोगेको कथाले फिल्म ‘चिसो मान्छे’ जन्माएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप