शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसीपुर १५ जिताउन नसकेको भन्दै माओवादी वडा अध्यक्षले दिए राजीनामा

मङ्गलबार, १० जेठ २०७९, १३ : ३८
मङ्गलबार, १० जेठ २०७९

नेकपा माओवादी केन्द्र दाङको तुलसीपुर उपमहानगर १५ वडा अध्यक्ष देवबहादुर बस्नेतले राजीनामा दिएका छन् । उपमहानगर १५ नम्बर वडा अध्यक्षका उम्मेदवार नवराज पुनलाई निर्वाचित गराउन असफल भएको भन्दै पार्टी वडा अध्यक्ष बस्नेतले नगर कमिटी अध्यक्षलाई राजीनामा बुझाएका हुन् ।

पार्टी उम्मेदवार जिताउन दिन रात लागेपनि नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि राजीनामा बुझाएका हुन् । सोही वडा अध्यक्षमा एमालेका लक्ष्मण चौधरी विजयी भएका छन् । चौधरीले १६०८ मत ल्याएर विजयी भएका छन् भने माओवादीका पुनले १५२४ मत ल्याएर पराजित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप