बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छलीको मोटरपार्टस् बेचेको आरोपमा युवक पक्राउ

मङ्गलबार, १० जेठ २०७९, १३ : ४१
मङ्गलबार, १० जेठ २०७९

भन्सार छलीको पानी तान्ने मोटरपार्टस् बेचेको आरोपमा प्रहरीले विराटनगरबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय सेख अलतफ छन् । भारतबाट भन्सार छलेर ल्याएको मोटरपार्टस्मा अलताफले विराटनटरमा स्टिकर टाँसेर फिटिङ गर्ने गरेको अनुसन्धानबाट थाहा भएको जिप्रका मोरङका डिएसपी दिपक श्रेष्ठले रातोपाटीलाई बताए ।

अलताफले भन्सार छलेर ल्याएर राखेको करिब ४ लाख ८५ हजारको मोटरपार्टस् प्रहरीले बरामद गरेको छ । बरामद सामानसहित आरोपीलाई कानुनी कारवाहीका लागी राजस्व अनुसन्धान कार्यालय इटहरीमा पठाइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप