
बुटवलमा मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ

रुपन्देहीको बुटवलमा मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित कालिकानगर राज्यलक्ष्मी पथमा पार्किङमा राखेको लु ५६ प २९०७ मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–६ का १८ वर्षीय निश्चल बुढाथोकी र कञ्चन गाउँपालिका वडा नं.२ का १८ वर्षीय अभिषेक थारु पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले हराएको मोटरसाइकलको खोजीका क्रममा दुबै जनालाई मोटरसाईकल सहित पक्राउ गरिएको बताए । दुबै जनालाई सवारी चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ