
एएफसी यु–१७ एशियन कप छनोट खेलको तालिका सार्वजनिक

बहराइनमा आयोजना हुने एएफसी यु–१७ एशियन कप छनोट खेलका लागि मंगलवार तालिका सार्वजनिक भएको छ । एएफसीले मंगलवार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह एफमा परेको छ ।
चार टोली रहेको समूहमा नेपालसहित थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । एएफसीले जारी गरेको तालिका अनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुने तालिका छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने खेलको समूह विजेताले बहराइनमा आयोजना हुने एशियन कपमा स्थान बनाउने छन् । एएफसीले छनोट खेल्न लागेका एशियाली ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर मंगलवार तालिका सार्वजनिक गरेको हो । १० समूह अन्तर्गत समूह डीसम्म पाँच टोली रहेका छन् । यस्तै अन्य समूहमा चार टोली समावेश गरिएको छ । एशियाली पावर हाउस समूह ए मा अटाएको छ भने छिमेकी भारत समूह डीमा समावेश छ । सँगै अर्को दक्षिण एशियाली राष्ट्र माल्दिभ्स पनि समूह डीमा नै रहेको छ । यस्तै भुटान र बंगलादेश समूह ईमा छन् भने श्रीलंका समूह जेमा समावेश छ ।
हरेक समूहको विजेताले बहराइनको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत एशियन कप खेल्नेछ । एएफसी यु–१७ एसियन कपमा १६ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ