प्युठानमा नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम
मङ्गलबार, १० जेठ २०७९, १४ : ४६
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्युठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।
सरल र मर्मस्पर्शी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनीय भूमिका निभाउने कम्पनीको विश्वास मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार बीमाको जनचेतना जागरण गराउन यो गरिएको कार्यक्रम गरिएको हो । जसमा स्थानीयको उत्साहजनक उपस्थिति रहेको बताइएको छ । स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै