काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत, उपमेयरमा सुनिताको सर्वाधिक मत
मङ्गलबार, १० जेठ २०७९, १५ : २८
काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् । मंगलबार ३ बजेको आधिकारिक मत परिणामअनुसार साहले ५० हजार ३३९ मत प्राप्त गरेका हुन् ।
हालसम्म १ लाख ४९ हजार ९४२ मत गणना हुँदा साहले सो मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार एमालेका मेयर उम्मेदवार केशव स्थापितले ३० हजार ३३६ मत पाएका छन् भने काँग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार ९५४ मत पाएकी छन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले ४ हजार ५९९ मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले बालेन शाहले भन्दा पनि बढी लोकप्रिय मत पाएका छन् । डंगोलले ५४ हजार ९१ मत पाउँदा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १ हजार ६५५ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार ९ हजार ७६२ मत पाएको पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण