शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘तरबार’ आइटममा हट बेनिशा

मङ्गलबार, १० जेठ २०७९, १५ : ३९
मङ्गलबार, १० जेठ २०७९

फिल्म ‘प्रेमगञ्ज’ को आइटम गीत ‘तरबार’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो । गीतमा अभिनेत्री बेनिशा हमाल हट अवतारमा देखिएकी छन् ।

किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर छ । परिच्छेद सेनको निर्देशन रहेको फिल्म ३ भदैमा रिलिज हुँदैछ । फिल्ममा बेनिशाको अलवा तेज गिरी, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी लगायतको अभिनय छ ।

राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप