
प्रतिरोध दिवस मनाइयो, तस्बिरहरू

जाजरकोटका नवराज विकसहित ६ जना मारिएको दिनलाई जात व्यवस्थाविरुद्धको प्रतिरोध दिवसका रूपमा मनाइएको छ । दुई वर्षअघि आजकै दिन अन्तरजातीय प्रेम गरेको भन्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा विक र उनका ५ जना साथीहरूको हत्या गरिएको थियो । मृत्यु हुनेमा विकसहित उनका साथीहरू लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाही थिए ।
संसदीय विशेष समितिले उक्त घटना जातीय विभेद र छुवाछुतकै कारण भएको निष्कर्ष निकाले पनि हालसम्म पीडित पक्षले न्याय पाउन सकेका छन् । रुकुम नरसंहारका दोषीहरूलाई कारबाहीको माग गर्दै मंगलबार राजधानीमा प्रदर्शन गरिएको छ । सो अवसरमा सडक नाटक पनि प्रस्तुत गरिएको थियो । हेर्नुहोस् तस्बिरहरू:
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ