शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियमको मूल्यवृद्धिमाथि संसदमा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

मङ्गलबार, १० जेठ २०७९, १५ : ५७
मङ्गलबार, १० जेठ २०७९

नेकपा (एमाले) र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसदमा छलफल गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । 

उक्त प्रस्तावको प्रस्तावकमा एमालेका मुख्य सचेतक विशाल भट्टराई रहेका छन् भने समर्थकमा एमाले सांसद यज्ञराज सुनुवार र गणेश पहाडी तथा राप्रपाका राजेन्द्र लिङ्देन छन् । मुख्य सचेतक भट्टराईले प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई उक्त प्रस्ताव बुधबार बुझाएका हुन् ।

प्रस्तावमा पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधान विरुद्ध गएर पछिल्लो समय हप्तादिनमित्रै दुई पटक बृद्धि गरिएको भन्दै त्यो फिर्ताको माग उनीहरूले राखेका छन् ।

‘जनताको जनजीवनलाई सहज बनाउन खाना पकाउने ग्यास, डिजेल, पेट्रोल लगायतका पदार्थको मूल्य समायोजन कसरी गर्न सकिन्छ भनेर प्रतिपक्षी दल एवम सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल गर्नुको सट्टा कमिसनको खेलमा कल्याणकारी राज्यको आधारभूत मुल्य मान्यता विपरित जनताको दैनिक जीवनसँग जोडिएको विषयलाई निजीकरण गर्ने कुरा उठाई रहनुभएको छ, जुन कदम असान्दर्भिक, गैरजिम्मेवार र वैमौसमी छ’, सांसदहरुले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप