मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शिव पौडेलको नयाँ लोकदोहोरी गीत ‘भाग्यमा छैन’ सार्वजनिक

मङ्गलबार, १० जेठ २०७९, १६ : ०७
मङ्गलबार, १० जेठ २०७९

गायिका  शान्तीश्री परियार र विजय सुनामको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘भाग्यमा छैन’ सार्वजनिक भएको छ । सन्तोष पन्तको शब्द रहेको गीतमा गायक विजय सनमले नै संगीत दिएका छन् ।

पशुपति म्युजिकले बजारमा ल्याएको गीतमा संगीत संयोजन विनोद पराजुलीले गरेका छन् । शिव पौडेल निर्माता रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा सारिक केसी, शिशिर पौडेल, दीप काफ्लेको अभिनय देख्न सकिन्छ ।

बिनोद भण्डारीको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप