ad
x

नवौं राष्ट्रिय खेलकुदको मिति सर्‍यो, असोज र कात्तिकमा हुने

person explore access_timeजेठ १०, २०७९ chat_bubble_outline0

जेठ महिनामा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज अन्तिम साता हुने भएको छ । मंगलवार युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सम्मेलन गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो । 


यसअघि जेठ महिनाको २२ देखि २८ गतेसम्म हुने भनिएको नवौं राष्ट्रिय प्रतियोगिता असोजसम्म सारिएको छ । राखेपको प्रस्तावमा मंगलवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले नयाँ मिति असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी दिए । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले फास्ट ट्रयाकबाट गर्ने भनिए पनि कानूनी प्रक्रिया र सार्वजनिक खरिद ऐनअनुरूप यसअघि तोकिएको समयमा गर्न असम्भव भएको बताए । 



मन्त्री गहतराजले भने, ‘फस्ट ट्रयाक, साफ गेमको मोडलबाट नवौं तयारी गरिएको भएपनि कानुनी प्रक्रिया र सार्वजनिक खरिद ऐनअनुरूप यसअघि तोकिएको समयमा गर्न असम्भव भयो । यस्तै यो बीचमा खेलाडी छनोटका प्रक्रिया पूरा गर्न नसकेको र आयोजक गण्डकी प्रदेशले दबाव भएको र गण्डकी प्रदेशको अनुरोधमा समय केही पछि धकेल्नु परेको हो ।’



नवौं राष्ट्रिय खेलकुदमा ६० करोड भन्दा धेरै खर्च नगर्न अर्थ मन्त्रालयले निर्देशन दिइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलकुद जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकीको पोखरामा हुने तय भइसकेको थियो । तर, प्रतियोगिता सुरु हुन केही दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने करिव निश्चित थियो । यस्तै नवौं राष्ट्रिय खेलकुदका लागि यसअघि नै लोगो, मस्कट र नारासमेत सार्वजनिक भइसकेका छन् भने ३८ खेलमा प्रतिष्पर्धा गराउनेसमेत निर्णय यसअघि भइसकेको थियो ।







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।