बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयले किन हटायो सशस्त्रमा एसएसपी बढुवाको सूचना ?

मङ्गलबार, १० जेठ २०७९, १६ : २९
मङ्गलबार, १० जेठ २०७९

सशस्त्र प्रहरीको साधारण समूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्ने बारेको सूचना गृह मन्त्रालय र सशस्त्र प्रहरी मुख्यालयले अचानक हटाएको छ । वैशाख ९ मा बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले हस्ताक्षर गरेको सूचना प्रकाशित गरिएको थियो । तर, सो सूचना मंगलबार गृह मन्त्रालय र सशस्त्र प्रहरीको वेबसाइटबाट हटाइएको छ ।

सूचनाअनुसार योग्यता पुगेका अधिकृतहरूलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि ३ दिनभित्र आवश्यक कागजात पेश गर्न आग्रह गरिएको थियो । तर, सूचना गायव भएपछि कामु एसएसबीबाट पूर्ण एसएसपी हुन योग्य उम्मेदवार अलमलमा परेका छन् । सशस्त्र प्रहरी उपरीक्षकको ४ वर्षे पदावधिका कारण सिसम–१ मा भर्ना भएका ९ जना अधिकृतहरु कामु शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक छन् ।

उनीहरुलाई पूर्ण एसएसपीमा बढुवा गर्न सूचना प्रकाशन गरिएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् । २०७९ वैशाख २७ मा चार वर्षे पदावधि पुरा गरेका उनीहरु बढुवाको प्रतिस्पर्धामा छन् । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार कामुबाट पूर्ण एसएसपीमा बढुवा गर्नुअघि फारम भरेर बढुवा मुल्यांकन समितिबाट निर्णय गर्नुपर्छ  ।

सिसम–२ का अधिकृतहरु पनि कामु एसएसपी छन् । दिपेन्द्र कुँवर सहितका अधिकृतहरु कामु भएको ३ वर्ष पुरा भएको छ । सशस्त्र प्रहरी उपरिक्षक (एसपी)को पदावधि घटाएर ३ वर्षे बनाउने प्रस्ताव अर्थ मन्त्रालयमा अड्किएको छ । सो प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सिसम–१ का अधिकृतहरूसँगै बढुवा हुन दिपेन्द्र कुँवर लगायतका अधिकृतहरु लबिङमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप