सामाजिक सञ्जाल दुरुपयोग गरेर २८ लाख ठगेको आरोपमा युवक पक्राउ
मङ्गलबार, १० जेठ २०७९, १६ : ३४
सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–८ घर भएका ३५ वर्षीय उत्सव श्रेष्ठ छन् ।
सामाजिक सञ्जाल हवाट्स एप, इमो, बोटिम र भाइबरको दुरुपयोग गरेर आफु कम्बोडियाको क्यासिनोमा कार्यरत रहेको भन्दै उत्सव समेतका व्यक्तिहरुले ठगेका हुन् । अमेरिकाबाट सञ्चालित लटरीमार्फत ६ लाख २७ हजार युरो डलर परेको भनेर सो रकम पाउन ‘प्रोसेसिङ’ रकम चाहिने भनेर उनले आफ्नो खातामा सर्वसाधारणलाई रकम जम्मा गर्न लगाएका थिए ।
श्रेष्ठको ५ वटा बैंक खातामा २७ लाख ७९ हजार जम्मा भएको भेटिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । श्रेष्ठ सोर्‍हखुट्टेबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी