
८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाइयो

सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा सो तथ्यांक उल्लेख गरिएको हो ।
उनले भनिन्, ‘सरकारको कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ । हालसम्म लक्षित जनसंख्याको करिव ९६ प्रतिशतलाई पहिलो र ५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाई सकिएको छ । त्यसैगरी करिव ३ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाई सकिएको छ । स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकारहरु परिचालित भएका छन ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ