
सर्लाहीमा २३७ केजी गाँजासहित ६ जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटबाट २ सय ३७ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका–१३ पत्थरकोट बस्ने ३८ वर्षीय कान्छा मान थिङ, उनकै छोरा १९ वर्षीय बिशाल थिङ र १८ वर्षीय किशोर, सोही नगरपालिका–१४ मोटर दोभान बस्ने २१ वर्षीय राज बम्जन, सोही नगरपालिका–१३ बस्ने १७ वर्षीय किशोर र सोही नगरपालिका–१३ बस्ने २० वर्षीय सुनिल दोङ रहेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले कान्छा मानको घर तलासी गर्दा उक्त गाँजा भेटिएको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ