
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनसंरचना गरिने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनसंरचना गरिने भएको छ । सरकारीस्तरबाट नै परियोजनामाथि प्रश्न उठि रहेको बेला त्यसलाई पुनसंरचना गर्ने भनि सरकारले नीति तथा कार्यक्रममा नै उल्लेख गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो परियोजना पुनसंरचना गरिने उल्लेख गरेका छन् ।
कृषिमा सुचना प्रविधिलाई अगाडि बढाउने कुरामा जोड दिँदै कृषि वीमालाई अगाडि बढाउन पनि सरकारले जोड दिइने भनिएको छ । कृषि उपजको गुणस्तरमा ध्यान दिइ आयात न्यूनिकरण गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।
नाकाहरुमा कृषि मार्ट तथा भण्डार निर्माण गर्नुका साथै कृषि योग्य जमिनका लागि बाह्रैमास सिँचाइको व्यवस्था गर्ने र त्यसका लागि आगामी आर्थिक वर्षमा २२ हजार २०० हेक्टरमा सिँचाइको व्यवस्था गरिने राष्ट्रपति भण्डारीले जानकारी गराइन् ।
कृषिलाई यान्त्रिकीकरण, व्यवसायीकरण, आधुनिकीकरण गरी आर्थिक वृद्धि दर बढाइने उल्लेख गर्दै उनले कृषि तथा वनको उत्पादनमा जोड दिइने बताइन् । बीउमा आत्मनिर्भर हुनका लागि स्थानीय बीउ विजनको संरक्षण गर्नुका साथै नयाँ जातको बीउको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । धान, गहुँ, मकै लगायतका बालीमा उत्पादन वृद्धि गर्नका लागि विशेष कार्यक्रम ल्याइने उल्लेख गर्दै बाँझो जग्गालाई संरक्षण गरी उत्पादनमा वृद्धि गरिने उल्लेख छ ।
रासायनिक मलको अभाव कम गर्नका लागि प्राङ्गारिक मलको प्रयोग र उत्पादनमा जोड दिनका लागि अनुदानको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ