नेपालमै प्राकृतिक ग्याँस तथा पेट्रोलियम पदार्थको उत्खनन् गरिने
सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्राकृतिक ग्याँस र पेट्रोलियम पदार्थको अन्वेषण गर्ने भएको छ । यस्तै, अन्वेषण सम्पन्न भएका स्थानमा उत्खनन् समेत गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिइन् ।
उनले आगामी आर्थिक वर्षको बजेट पूर्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालमै पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँसको उत्खनन् तथा अन्वेषण गर्ने बताइन् । यसका लागि नेपालको जिओलोजिकल म्यापिङ गर्ने योजना सरकारको रहेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा परिरहेको छ । दिनदिनै उकालो गतिमा रहेको पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुक समस्यामा परेको छ । सरकारले यसको विकल्पका लागि नेपालमै उत्खनन् र अन्वेषणको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समेट्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान