बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उत्पादनमूलक उद्योगलाई बिजुलीमा सहुलियत

मङ्गलबार, १० जेठ २०७९, १७ : ३४
मङ्गलबार, १० जेठ २०७९

सरकारले आगामी आर्थिक वर्षदेखि उत्पादनमूलक उद्योगलाई बिजुलीमा सहुलियत दिने घोषणा गरेको छ । सरकारले नीति तथा कार्यक्रममार्फत उत्पादनमूलक उद्योगलाई बिजुलीमा अनुदानको व्यवस्था गर्ने जानकारी दिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगलाई औषतमा बाह्य व्यापारभन्दा बढी मूल्य नहुने गरेर सहुलियत दिने बताइन् । हाल नेपालमा बिजुलीको मूल्य धेरै भइरहेको गुनासो आइरहेको समयमा विद्युत प्राधिकरणले भारतलाई सस्तोदरमा बिजुली बेचिरहेको छ ।

उद्योगीहरूले सोहीदरमा बिजुली पाउनुपर्ने माग गरेपछि सरकारले उद्योगीलाई भारतमा बेच्ने मूल्यभन्दा बढी नपर्नेगरी सहुलियत दिने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप