
मेलम्चीको पानी चक्रपथ बाहिर र भक्तपुरमा पनि वितरण गरिने

सरकारले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा काठमाडौंको चक्रपथ बाहिर र भक्तपुरमा खानेपानी विस्तार गर्ने जनाइएको छ । मंगलबार राष्ट्रपतिले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा थप ४ लाख परिवारलाई उच्च तथा मध्यमस्तरको खानेपानीको व्यवस्था गरिने जनाइएको छ ।
काठमाडौंको चक्रपथ बाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरि खानेपानीको पाइप बिच्छ्याउन सुरु गरिने र खानेपानीको स्रोतको संरक्षण गर्ने, काठमाडौंमा पानी वितरणका लागि थप जलाधार स्रोतको खोजी गरिने जनाइएको छ । यस्तै आर्सनिक युक्त पानीको विकल्प खोजिने जनाएको छ ।
यस्तै १२ शहरमा फोहोर पानी प्रशोधनबारे अध्ययन गरिने विषय सरकारको नीति तथा कार्यक्रममा समेटिइएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ