बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइने

मङ्गलबार, १० जेठ २०७९, १७ : ५१
मङ्गलबार, १० जेठ २०७९

सरकारले आगामी आर्थिक वर्षदेखि प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको कामलाई अघि बढाउने जनाएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको रंगशाला बनाउने नीति लिइएको हो ।

गैँडाकोटमा विपि कोइराला अन्तर्राष्‍ट्रिय खेल मैदान निर्माण गर्ने जनाएको छ । यस्तै सबै स्थानीय तहमा खेल मैदान निर्माण गर्दै लैजाने नीति लिइने जनाइएको छ । यस्तै खेलकुद तालिम दिँदै जाने र खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्ने जनाइको छ । यस्तै भरतपुरमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम पूरा गर्न समन्वय र सहजीकरण गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप