
पाठेघरको मुखको क्यान्सरको नि:शुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने

सरकारले प्रत्येक नागरिकले स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालहरुमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली एचएआर लागू गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य संस्थामा हुने सबै मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था लागू गरिने बताइन् ।
यस्तै, पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने बताएकी छन् । आम नागरिकको सशक्त सहभागितामा स्वस्थ जीवनशैली माध्यमबाट नसर्ने रोग न्यूनिकरणका लागि नागरिक आरोग्य अभियान मार्फत निरोगी नेपाली अभियानलाई सञ्चालन गरिने राष्ट्रपति भण्डारीले बताइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ