शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका बहुपक्षीय कार्ययोजना कार्यान्वयन गरिने

मङ्गलबार, १० जेठ २०७९, १८ : २०
मङ्गलबार, १० जेठ २०७९

सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका बहुपक्षीय कार्ययोजना कार्यान्वयन गर्ने भएको छ । सरकारले प्राथमिकता दिने आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै क्षेत्रहरूसँग सहकार्य तथा बहुपक्षीय सरोकार राख्ने सबै क्षेत्रहरुलाई नसर्ने रोग रोकथाममा जिम्मेवार बनाइने बताइन् ।

यस्तै, राष्ट्रपति भण्डारीले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमा मार्फत वित्तीय व्यवस्थापन गरिने बताइन् । स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप