
नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
सरकारले मंगलबार संसद्मा पेस गरेको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिँदै सचिव भट्टराईले व्यापार घाटा, मुद्रास्फीति बढेको, मूल्यबृद्धि बढेको विदेशी लगानी घटेको, राजश्व सङ्कलन हुन नसकेको र पुँजीगत खर्च समेत हुन नसकेको अवस्थामा सरकारले ल्याएको कार्यक्रमले त्यसलाई सम्बोधन गर्न नसकेको बताएका हुन् ।
‘समस्या सम्बोधन गर्ने कुनै विकल्प आएका छैनन् । आउने वर्ष डरलाग्दो आर्थिक सङ्कट हामीले सामना गर्नु पर्ने हुन्छ । मुलुक त्यतातिर जाँदैछ’, भट्टराईको भनाइ छ । उनले सरकारको नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै भएको टिप्पणी गरे । ‘यो नीति तथा कार्यक्रम समयको बर्बादी मात्र हो । यो सरकार जति समय रहन्छ त्यो पनि समयको बर्बादी हो’, भट्टराईको भनाइ छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- May 24, 2022, 7:54 p.m. surajबतास काण्डे ले धेर फुर्ति नलगाउ
- 0 Reply
कमेन्ट गर्नुहोस्
तपाईको ईमेल गोप्य राखिनेछ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।