बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक विकास र गरिबी निवारणको आधार सहकारी बनाइने

मङ्गलबार, १० जेठ २०७९, १८ : ३८
मङ्गलबार, १० जेठ २०७९

सरकारले मुलुकको आर्थिक विकास र गरिबी निवारणको आधार स्तम्भ सहकारी क्षेत्रलाई बनाउने बताएको छ ।

आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले मुलुकको आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आवद्ध गराइने बताएको हो । तर यस्ता सहकारी संघ संस्थाको अनुगमन तथा संस्थागत सुशासन प्रवद्र्धन गर्न भने सरकारले नियमनकारी निकायलाई अधिकारसम्पन्न र सुदृढ बनाइने बताएको छ । 

समयानुकूल समान प्रकृति र उद्देश्य भएका सहकारी कोषलाई एक आपसमा गाभी दक्षतापूर्वक सञ्चालन गरिने समेत सरकारले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप