मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गरिब तथा विपन्न परिवारलाई सरकारले सुविधा कार्ड उपलब्ध गराउने

मङ्गलबार, १० जेठ २०७९, १९ : ००
मङ्गलबार, १० जेठ २०७९

गरिब तथा विपन्न घरपरिवारलाई सरकारले सुविधायुक्त परिचयपत्र (सुविधा कार्ड) उपलब्ध गराउने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकारले पहिचानका आधारमा यस्ता गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र प्रदान गर्ने जनाएको हो ।

परिचयपत्र वितरण गरी गरिब तथा विपन्न घरपरिवार लक्षित सेवासुविधालाई सोही परिचयपत्रसँग आवद्ध गरिने समेत बताएको छ । यस्तै हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई मानव विकास सूचकाङ्कमा पहाडी परेका जिल्लामा समेत विस्तार गरिने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप