शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन भन्दै फलामका ढिक्का बिक्री गरेको आरोपमा दुई जना पक्राउ

मङ्गलबार, १० जेठ २०७९, १९ : ०५
मङ्गलबार, १० जेठ २०७९

रुपन्देहीमा सुन भन्दै पहेँलो रङको फलामका ढिक्का बिक्री गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको गैडहवा गाउँपालिका-९ धुसुवा बस्ने ३७ वर्षीय काके भन्ने धन बहादुर सुनार र अर्घाखाँचीको मालारानी गाउँपालिका घर भई रुपन्देही कञ्चन गाउँपालिका १ हात्तीबजार बस्ने ३७ वर्षीय नवीन भन्ने देव बहादुर मगरलाई पक्राउ गरिएको हो ।

प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले उनीको साथबाट  सुन जस्तो देखिने पहेँलो​ पदार्थलगायतको फलामको ढिक्का ९, विभिन्न कम्पनीका मोबाइल सेट ४ थान, गोल्डेन रंगसहितको बट्टा १ थान र पीडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोइन्ट सुनको डल्ला बरामद गरेको बताए ।

उनीहरुले सैनामैना नगरपालिकाको  एक होटलमा पीडितलाई बोलाएर सुन जस्तो देखिने गोल्डेन कलरको फलामको ढिक्का दिएर रकम दिइ फरार भएका थिए । पीडितले दिएको उजुरीका आधारमा अभियुक्तहरूलाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप