‘आगोसँग नखेल्न’ अमेरिकालाई चीनको चेतावनी
जापानको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले स्वशासित टापू ताइवानलाई चीनले बलपूर्वक कब्जा गर्ने प्रयास गरे आफूहरु सशस्त्र रुपमा प्रतिरक्षामा उत्रिने बताए । बाइडेनको भनाइप्रति टिप्पणी गर्दै चिनियाँ सरकारको ताइवान मामिला कार्यालयले सोमबार अमेरिकाले चीनलाई घेर्न ‘ताइवान कार्ड’ खेलेको बताउँदै, ‘आगोसँग खेल्दा अमेरिकाको हात आफै जल्ने’ चेतावनी दियो ।
सिन्ह्वाले सो कार्यालयका प्रवक्ता झु फेङलियनको भनाई उदृत गरेको जहाँ फेङलियनले भनेका छन्, ‘अमेरिकाले यस्ता प्रतिक्रिया दिन रोकोस् । हामी अमेरिकालाई विगतमा उसले बेइजिङ र वासिङ्टनबीच तय सिद्धान्त उलंघन नगर्न आग्रह गर्दछौं ।’
एशिया भ्रमणको क्रममा टोकियोमा पत्रकारसँग भेटघाटमा बाइडेनलाई एक पत्रकारले चीनले ताईवानमाथि आक्रमण गरे अमेरिका ‘सैन्य रुपमा सहभागी हुन्छ की हुदैन’ भन्ने प्रश्न गरेका थिए।
बाइडेनले केही सोचविचार नगरी ‘गर्छ’ जवाफ दिएका थिए। चीनलाई लिएर अमेरिकाको नीति बदलिएको हो भन्ने अकाृए प्रश्नमा बाइडेन ‘हामीले एक नीतिमा सहमती जनाएका छौं। यस विषयमा हामीले हस्ताक्षर नै गरेका छौं । तर त्यो कुरा बल प्रयोग गरेर हासिल गर्न सकिन्छ भन्ने सोच्नु ठिक होइन । ’
सार्वजनिक सम्बोधनहरुमा बाइडेनले उत्साहित भएर औपचारिक नीतिभन्दा बाहिर गएको बोलेको घटना धेरै भए पनि ताइवानको प्रतिरक्षाबारे सधैं समान धारणा दोहो-याउने गरेका छन्।
गत अगष्टमा सिएनएनले आयोजना गरेको एक कार्यक्रममा पनि बाइडेनले ताइवान कब्जा गर्ने प्रयास भए अमेरिकाले प्रतिरक्षा गर्ने बताएका थिए। ताइवानसँग सुमधुर सम्बन्ध भएपनि अमेरिकाले ‘एक चीन नीतिलाई’ स्वीकारेको छ। तर चीनलाई बल प्रयोग गरेर ताइवान कब्जा गर्न नदिने उसले भन्दै आएको छ।
ताइवानसँग अमेरिकाको औपचारिक सम्बन्ध नभए पनि अमेरिकाले उसलाई ‘साझेदार’को रुपमा प्रस्तुत गर्छ । ताइवानले अमेरिकाबाट ठूलो परिमाणमा हतियार पनि किन्छ। तर चीन र अमेरिकाबीचको सम्बन्ध भने डोनाल्ड ट्रम्पको शासन यता तनावपूर्ण बन्न थालेको छ। ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्धलाई रणनीतिक प्रतिस्पर्धाको सम्बन्धका रुपमा व्याख्या गर्न सुरु गरे । त्यसलाई बाइडेनले पूर्ण रुपमा अंगिकार गरे ।
बाइडेनको भनाइको स्पष्टिकरण दिए जसरी पेन्टागन अधिकारीले अमेरिकाको ‘एक चीन नीति’ नबदलिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ