शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रम सकरात्मक छ, कार्यान्वयनमा चुनौती – परिसंघ अध्यक्ष अग्रवाल

मङ्गलबार, १० जेठ २०७९, १९ : ३३
मङ्गलबार, १० जेठ २०७९

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नीति तथा कार्यक्रम सकरात्मक भएको टिप्पणी गरेका छन् । उनले रातोपाटीसँग कुरा गर्दै सरकारले सकरात्मक र स्वागतयोग्य नीति तथा कार्यक्रम ल्याएको बताएका हुन् ।

उनले भने, ‘नीति तथा कार्यक्रम उत्पादनमुखि अर्थतन्त्रका लागि या उद्योगलाई प्रोत्साहन गर्ने खालको आएका छन् ।’ सरकारले परिसंघको दुई वटा सुझावलाई नीति तथा कार्यक्रममा समेटेको उनको भनाइ छ । परिसंघले दिएको स्वदेशी उत्पादन दशकलाई सरकारले उपभोग दशक समेत जोडेर अघि बढाएको छ । 

‘हामीले दिएको सुझावमा सरकारले प्राविधिक विषय समेत थपेर अघि बढाएको छ । यो विषय सकरात्मक हो,’ उनले भने, ‘यस्तै, परिसंघले लिएको मेक इन नेपाल अभियानलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।’ यस्तै, साना तथा मझौला उद्योगको प्रोत्साहन तथा औद्योगिक पूर्वाधार निर्माणको योजना समेत सकरात्मक भएको उनले बताए ।

यद्यपी, नीति तथा कार्यक्रमले समेटेका योजनाहरू बजेटले समेट्ने÷नसमेट्ने अन्यौलता रहेको र कार्यान्वयनको पाटोमा समेत चुनौती रहेको अग्रवालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप