बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव सकिएसँगै बैंकमा पैसा फर्कियो, बैंकहरुले लगानी बढाउँदै

मङ्गलबार, १० जेठ २०७९, १९ : ३८
मङ्गलबार, १० जेठ २०७९

स्थानीय निर्वाचन, २०७९ सकिए लगत्तै बैंकमा पैसा फिर्ता हुन थालेको छ । चुनावको मुखमा पैसा बाहिरिए पनि पछिल्लो समय पुनः बैंकमा निक्षेप (डिपोजिट) बढ्न थालेको हो । 

बैंकर्स संघले दिएको रिपोर्ट अनुसार यस हप्ता अर्थात् वैशाख ३० गतेदेखि जेठ ६ गतेसम्ममा बैंकहरुमा ७ अर्ब रुपैयाँले निक्षेप बढेको छ । समीक्षा अवधिका ७ अर्बले निक्षेप बढाउँदै ४३ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ । यो २७ वटा वाणिज्य बैंकहरुको मात्र तथ्याङ्क हो । 

उसो त अघिल्लो हप्ता अर्थात् वैशाख २३ गतेदेखि ३० गतेसम्म यस्तो निक्षेप बैंकहरुले ३ अर्ब रुपैयाँले गुमाउँदै ४३ खर्ब ७० अर्ब रुपैयाँ संकलन गरेका थिए । जुन स्थानीय तह निर्वाचनको विशेष समय थियो । 

यस्तै, निर्वाचन लगत्तै यता बैंकहरुको कर्जा लगानी समेत बढेको छ । अघिल्लो हप्ता अर्थात् वैशाख २३ देखि ३० गतेसम्म २ अर्ब रुपैयाँले गुमाउँदै ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले पछिल्लो हप्ता ३ अर्ब रुपैयाँले लगानी बढाउँदै ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप