बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नवयुग राष्ट्रिय फुटबल टोलीको कप्तानमा नियुक्त

मङ्गलबार, १० जेठ २०७९, २० : २५
मङ्गलबार, १० जेठ २०७९

नवयुग श्रेष्ठले राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी पाएका छन् । मंगलबार एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी दिएको हो । 

प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् । नेपाली टोली  यसअघिका कप्तान किरण चेम्जोङलाई पनि प्रशिक्षक अल्मुताइरीले टिममा सामेल गरेका थिएनन् । 

उपकप्तान रोहित चन्दसहित १० खेलाडीको कदममा किरणले समेत खेलाडीको आधारभूत आवश्यकताको विषयमा कुरा उठाएका थिए । एन्फाले आज नै कतारमा हुने एसिया कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमलाई बिदाई गरेको छ । मंगलबार साँझ औपचारिक कार्यक्रमको आयोजना गरेर एन्फाले खेलाडी बिदाई गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप