शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जर्मनीले महिनाभर ९.५ डलर मात्र लाग्ने पास ल्याउँदै

मङ्गलबार, १० जेठ २०७९, २१ : ११
मङ्गलबार, १० जेठ २०७९

जर्मनीमा अब महिनाभर सार्बजनिक यातायात प्रयोग गरेको खर्च जम्मा ९.५ डलर (९ युरो) लाग्ने भएको छ । इन्धनको मूल्य बढेको बेला यो अफरले धेरैका लागि राहत दिने त्यहाँको सरकारले आशा गरेको छ । 

जर्मन सरकारले मे २३ मा यस्तो मासिक यातायात टिकट निर्माणलाई अनुमति दिएको छ । यो टिकट जुन महिनाबाट जारी हुनेछ । उर्जा राहत प्याकेज अन्तर्गत ल्याउन लागिएको कार्यक्रम जुन, जुलाई र अगष्टका गर्मी महिनामा लागू हुनेछ ।

मासिक टिकट जर्मनीका सबै स्थानीय र क्षेत्रीय सार्वजनिक यातायातहरू रेल, बस र ट्राममा लागू हुनेछ । तथापि यो टिकटले लामो दुरीका यातायातको भने भर्पाई गर्दैन ।  तर जर्मनीको उन्नत रेल सञ्जालमा क्षेत्रीय रेलहरु फेर्दै गएर लामो दुरी पनि पार गर्न सकिन्छ ।

यस कार्यक्रममार्फत स्थानीय तथा क्षेत्रीय सार्वजनिक यातायातलाई उल्लेख्य सस्तो बनाउने र नीजि सवारी साधन प्रयोग निरुत्साहित गर्ने सरकारको योजना छ । जर्मन सरकारले यो परियोजनाका लागि २.५ अर्ब युरो (२.६ अर्ब डलर) छुट्याइसकेको छ ।

हरेक पास महिना भरका लागि मात्र लागू हुनेछ । अर्थात कसैले महिनाको १४ गते सो पास किनेको छ भने महिनाको अन्तिमसम्ममा मात्र प्रयोग हुनेछ । 

मासिक टिकट स्थानीय बासिन्दालाई मध्यनजर गरेर बनाइएको भए पर्यटकले पनि यसलाई किन्न सक्छन् । जर्मनीको राष्ट्रिय रेलसेवा ‘ड्युच बाह्न’ ले पासलाई वेबसाइटमा राखिसकेको छ । –सीएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप