
ललितपुरमा फेरि चिरिबाबु विजयी (तस्बिरहरु)

ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जन पुनः दोहोरिएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका हुन् । मेयर पदमा महर्जनले ४२ हजार ७२२ मत ल्याए । उनका निकट निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार २४ हजार ५६० मत ल्याएर पराजित बने ।
यस्तै उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्य २५ हजार ८५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए । महानगरका २९ वडामध्ये काँग्रेस र एमाले ११–११ वडामा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) तीन, नेकपा (एकीकृत समाजवादी) दुई र स्वतन्त्र उम्मेदवार दुई वडाध्यक्षमा विजयी भएका छन् ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ