शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपमेयरका उम्मेदवारले दिए पार्टीबाट राजीनामा

मङ्गलबार, १० जेठ २०७९, २२ : २४
मङ्गलबार, १० जेठ २०७९

सत्ता गठबन्धन तर्फका तुलसीपुर उपमहानगरपालिकामा उपमेयर पदको उम्मेदवार बनेका एकीकृत समाजवादीका दाङका इन्चार्ज जोगबहादुर रानाले पार्टीबाट राजीनामा दिएका छन् । पराजितको नजिक नजिक पुगेका रानाले आफूलाई पार्टी र गठबन्धनले धोका दिएको दाबीसहित राजीनामा दिएका हुन् । उनले राजनीतिक नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । 

उप मेयरका उम्मेदवार रानाले आफूले पार्टीभित्र निर्वाह गर्नसक्नुपर्ने भूमिका निर्वाह गर्न नसकेको प्रष्ट पार्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले नैतिकताका आधारमा एकीकृत समाजवादी दाङको इन्चार्जबाट राजीनामा दिएको सबैमा जानकारी गराउँदछु । राजीनामा मैले हाम्रो पार्टीभित्र निभाउन सक्ने भूमिका निभाउन सकिन । तर मुलुकको भविष्य एकीकृत समाजवादी मै छ । म आगामी दिनमा पार्टीलाई यो मुलुकको ठूलो पार्टी बनाउन निरन्तर लागि पर्नेछु । ’ 

उपमहानगरपालिकामा विजय बनाउन नसकेको भन्दै नैतिकतामा आधारमा राजीनामा दिएपनि पार्टी संगठन विस्तारका लागि आफू निरन्तर लागि पर्ने र मुलुकको भविष्य निर्धारण पनि एकीकृत समाजवादीको काँधमा रहेकाले राजीनामा बाट उपमहानगरपालिकावासी र पार्टी कार्यकर्तालाई बिचल्लित नहुन पनि समेत आग्रह गरेका छन् । 

तुलसीपुर उपमहानगरपालिकाको नेकपा एमालेकी उपमेयर उम्मेदवार स्यानी चौधरीभन्दा गठबन्धनका तर्फका उपमेयर पदका उम्मेदवार राना तीन हजार दुईसय मतले पछि परेका छन् ।  चौधरीले रानालाई सुरुवातदेखि नै पछि पार्दै आइरहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप