शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकामा ६ उम्मेदवारले १० भोट पनि ल्याउन सकेनन्

मङ्गलबार, १० जेठ २०७९, २२ : २८
मङ्गलबार, १० जेठ २०७९

भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकामध्ये ६ जना उम्मेदवारले १० भोट पनि ल्याउन नसकेको निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामले देखाएको छ । आयोगका अनुसार स्वतन्त्र ५ उम्मेदवारले १० मत पनि ल्याउन नसकेका हुन् । यस्तै जनमत पार्टीका उम्मेदवारले पनि १० मत ल्याउन सकेनन् । 

आयोगका तथ्यांकअनुसार स्वतन्त्र उम्मेदवारहरू सुमन अधिकारीले ८, हरिश्चन्द्र घिमिरेले ३, कुलराज कडेलले ३, रमेशश भण्डारीले २ तथा मिलन अधिकारीले २ मत पाएका छन् । यस्तै जनमत पार्टीका सञ्जयकुमार ठाकुरले ६ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार मोहत पाण्डे र नेमकिपाका हरिशरण दुवालले भने १० भोट पाएको तथ्याकले देखाएको छ । 

भरतपुरमा भारी मतान्तरसहित माओवादी केन्द्रकी रेनु दाहाल मेयरमा विजयी भएकी थिइन् । मंगलबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनले ५२ हजार २८ मत पाउँदा एमालेका विजय सुवेदीले ३९ हजार ५८२ मत पाए । यस्तै गठबन्धनको बागी बनेर स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप