बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ–२१ मा एमालेका बज्राचार्य विजयी

मङ्गलबार, १० जेठ २०७९, २२ : ५२
मङ्गलबार, १० जेठ २०७९

काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा  नेकपा (एमाले) का उदय चूडामणि बज्राचार्य निर्वाचित भएका छन् । सो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी भएका छन् ।  सो वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेदेवी महर्जन र श्याम शाक्य विजयी भएकी छन् ।

वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०,  ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना जारी छ । कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मत गणना भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप