बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गुजरात टाइटन्स आईपीएलको फाइनलमा

बुधबार, ११ जेठ २०७९, ०६ : १४
बुधबार, ११ जेठ २०७९

गुजरात टाइटन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।

जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो । डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । उनले अन्तिम ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गर्दै टोलीलाई फाइनलमा पुर्‍याए । उनलाई कप्तान हार्दिक पाण्डेयले राम्रो साथ दिए । पाण्ड्याले २७ बलमा ५ चौका प्रहार गर्दै अविजित ४० रन बनाए । यसअघि शुभमन गिल र म्याथ्यु वेडले ३५–३५ रनको योगदान दिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । राजस्थान रोयल्सका लागि जोस बटलरले सर्वाधिक ८९ रन बनाए । बटलरले ५६ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै ८९ रन बनाए ।

गुजरात टाइटन्सको टोली पहिलो पटक आईपीएलमा सहभागी भएको हो ।  तर, यो हारपछि राजस्थान रोयल्ससँग अझै एक मौका छ । उसले एलिमिनेटर राउण्डमा विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछन्। सन् २००८ को आईपीएलको पहिलो सिजनमा राजस्थान रोयल्सले उपाधि जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप