बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं-१९ मा काँग्रेसको प्यानलै विजयी, राजेशकुमार श्रेष्ठ बने वडाध्यक्ष

बुधबार, ११ जेठ २०७९, ०८ : १५
बुधबार, ११ जेठ २०७९

काठमाडौं महानगरपालिका १९ नम्बर वडामा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका राजेशकुमार श्रेष्ठ १ हजार २ सय मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार चन्दमान मुनिकाले ७ सय ४१ मत पाए ।

यस्तै महिला सदस्यमा पनि काँग्रेसकै रेणु कमल भारती शाही १ हजार ३६९ मतसहित विजयी भएकी छिन् । दलित महिला सदस्यमा काँग्रेसकी रंजिता परियार १ हजार ४ सय १५ मत साथ विजयी भएकी छिन् ।

खुला सदस्य पदमा काँग्रेसका चन्द्रमान डंगोलले १ हजार ४ सय १७ र दिनेशमान जोशी एक हजार १ सय ९८ मत ल्याएर विजयी भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप