शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

बुधबार, ११ जेठ २०७९, ११ : ४६
बुधबार, ११ जेठ २०७९

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापा अर्जुन धाराबाट एक युवकलाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–६  पूर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप