
थाइराइडका बिरामीहरुलाई अल्का अस्पताल छुट, टिएफटी परीक्षण निःशुल्क

थाइराइड भएका बिरामीहरूका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले थाइराइड भएका विरामीहरुलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । अल्का अस्पतालको प्राङ्गणमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाभन्दा बढीलाई सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका विरामीहरुलाई गरिने परीक्षणहरु मध्ये टिएफटी निशुल्क गरिएको छ भने अन्य ल्याव परीक्षणहरूमा भारी छुट गरिएको अल्का अस्पतालमा प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरुले १ महिनासम्म फलो अप गरेमा पनि कुनै शुल्क नलिने उनले बताए । शिविर गर्नुअघि थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले जनचेतनामूलक र्याली निकालेको थियो । अल्का अस्पतालबाट शुरु भएको र्याली पुल्चोक, मंगलबजार, पाटन दरबार स्क्वायर, लगनखेल, कुमारीपाटी हुँदै पुन जावलाखेल आएर सकिएको थियो ।
र्यालीको यस अस्पतालका अध्यक्ष कुमार थापा, अपाङ्गता भएका व्यक्ति रमेश नेपालीले रिवन काटेर उद्घाटन गरेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ