शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड फिल्म निर्देशक हंसल मेहताले लिभ इन पार्टनरसँग १७ वर्षपछि गरे विवाह

बुधबार, ११ जेठ २०७९, १४ : १९
बुधबार, ११ जेठ २०७९

बलिउडका चर्चित फिल्म निर्माता–निर्देशक हंसल मेहताले सफिना हुसैनसँग जीवनको नयाँ अध्याय ससुरु गरेका छन् । हंसल मेहता र सफिनाले विवाह गरेका छन् ।

५४ वर्षका हंसल मेहताले जीवनको विशेष पलका तस्बिर सेयर गरेर सबैमाझ आफ्नो खुसी व्यक्त गरेका छन् । यी दुई पछिल्लो १७ वर्षदेखि सँगै बसिरहेका थिए तर आफ्नो सम्बन्धलाई आधिकारिक बनाएका थिएनन् ।

विवाहको तस्बिर सेयर गर्दै उनले आफ्नो मनको कुरा पनि लेखेका छन् । यसमा उनले लेखेका छन्, ‘१७ वर्षपछि दुई बच्चाहरु सँगै हुर्किरहेको हेर्दै र आफ्नो सपनालाई पछ्याउँदै हामीले विवाह गर्ने निर्णय गरेका छौँ ।’

उनी थप्छन्, ‘जीवनमा सधैँ झैँ यो पनि अचानक र अनियोजित थियो । तर हाम्रो वचन सच्चा थिए । अन्ततः प्रेम सबैमा हावी हुन्छ ।’

हंसल मेहताको पहिलो विवाह सुनिता मेहतासँग भएको थियो । यी दुईका दुई छोरा पनि छन् । अब उनले सफिनामा आफ्नो जीवन साथी भेटे जो अभिनेता युसूफ हुसैनकी छोरी र एक सामाजिक अभियन्ता हुन् । हंसल र सफिना दुई छोरी किमाया र रिहानाका अभिभावक पनि हुन् । अर्थात् हंसल चार सन्तानका पिता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप