इमरान खानको प्रदर्शन अघि इस्लामाबाद प्रवेशमा अवरोध
पूर्वप्रधानमन्त्री इमरान खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनअघि बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकहरू अवरुद्ध पारिएका छन् । गत महिना अविश्वासको प्रस्तावमार्फत हटाइएपछि खानले देशभर विशाल जुलुस आयोजना गरेर नयाँ गठबन्धन सरकारलाई दबाब दिएका छन् ।
ताजा निर्वाचनको माग गर्दै हजारौँ मानिसहरूको नेतृत्व गरेर पूर्वक्रिकेटरसमेत रहेका खानले बुधबार उत्तरपश्चिमी सहर पेसावरमा रहेको आफ्नो पकड क्षेत्रबाट राजधानीतर्फ बढ्ने योजनामा छन् । प्रधानमन्त्री शहबाज सरिफको नेतृत्वमा रहेको गठबन्धन सरकारले खानका समर्थकहरूलाई सहरमा प्रवेश गर्नबाट रोक्ने जनाएको छ । सरकारले र्यालीलाई ‘देशलाई विभाजन गर्ने र अराजकता बढाउने प्रयास’ भनेको छ ।
‘कसैलाई पनि राजधानी घेरा हाल्न र आफ्नो शर्तहरू लाद्न दिनु हुँदैन’, गृहमन्त्री राना सनाउल्लाहले भने । प्रहरीले राजधानी जाने मुख्य राजमार्गहरूमा प्रवेश र निकास बिन्दुहरूमा प्रहरीले रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै