बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबको विदेशी मुद्रा भण्डार कति ठूलो छ ?

बुधबार, ११ जेठ २०७९, १६ : २८
बुधबार, ११ जेठ २०७९

साउदी अरेबियाका अर्थमन्त्री मोहम्मद अल-जदानले मन्त्रालयले अन्ततः कर घटाउने बारे विचार गर्नेबारे जानकारी दिएका छन् ।  सन् २०२० मा कर १५ प्रतिशतले बढाइएको थियो ।

सन् २०२० मा कोरोना महामारीका बेला तेलको मागमा कमी आएपछि साउदी अरबको अर्थतन्त्रमा प्रत्यक्ष असर परेका कारण तेलको मूल्य घटेको थियो । मुलुकलाई आर्थिक संकटबाट जोगाउन कर तीन गुणा बढाइएको थियो ।

साउदी अरेबियाका अर्थमन्त्रीले डाभोसमा विश्व आर्थिक मञ्चलाई भने, ‘हामीले कर घटाउने निर्णय गरेका छौँ, तर हामी अझै पनि हाम्रो विदेशी मुद्रा सञ्चितिमा आएको कमीलाई पूरा गर्ने प्रयास गरिरहेका छौँ ।’

मार्च २०२२ मा साउदी अरबको विदेशी मुद्रा सञ्चिति ४२५.८ बिलियन डलर थियो ।

साउदी अर्थमन्त्रीले साउदी अरबको आर्थिक नीतिअनुसार विदेशी मुद्रा भण्डार देशको कुल घरेलु उत्पादनको निश्चित प्रतिशतभन्दा कम हुन नसक्ने बताए ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातक साउदी अरबको अर्थतन्त्र एक ट्रिलियन डलरको छ । तर, अब उm तेलमा आफ्नो अर्थतन्त्रको निर्भरता घटाउन चाहन्छ । सन् २०२२ को बजेटमा यसबाट हुने फाइदालाई ध्यानमा राखेर भौतिक दिगोपन कार्यक्रम ल्याउन लागिएको बताइएको छ  ।

‘हामी भौतिक दिगोपन नीति निर्माण गर्ने अन्तिम चरणमा छौँ,’ मोहम्मद अल-जदानले रोयटर्स समाचार एजेन्सीलाई भने ।

उनले साउदी अरेबियाले विगत पाँच वर्षमा विदेशी मुद्रा सञ्चितिबाट एक खर्ब रियाल खर्च गरिसकेको बताए । यसको अहिले पनि पुनः पूर्ति भइरहेको उनको जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप